पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न प्रधानमन्त्रीको निर्देशन



 

सैघाली खबर
काठमाडौं,१६ कार्तिक


निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ । नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।

तर, प्रधानमन्त्रीको ठाडो निर्देशनपछि विहीबारदेखि पुरानै मुल्य कायम गरिने आयल निगम स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि अब पुरानै मूल्य कायम गरिने स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएको स्रोतले बतायो ।

त्यसलगत्तै मुख्यसचिवले आपूर्ति मन्त्रालयलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रंोतले अनलाइनखबरलाई बतायो ।

मूल्यवृद्धि फिर्ता लिने प्रधानमन्त्रीको निर्देशनप्रति निगमले भने असन्तुष्टि जनाएको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा मूल्य समायोजना गरिँदै आएको हुनाले यसलाई फिर्ता लिने प्रधानमन्त्रीको निर्देशन नाजायज भएको नियमका एक अधिकारीले बताए । मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगम स्रोतले बतायो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्