देशभर चिसो बढ्दै, काठमाडौंको तापक्रम अहिलेसम्मकै कम



काठमाण्डौ । काठमाडौं लगाएत देशभर भिसो बढेको छ । सोमबार पनि तराईमा बाक्लो कुहिरो लागेको छ ।दिउँसो केहीबेर कुहिरो हटे पनि केही दिनदेखि बिहान र बेलुका बाक्लो कुहिरो लाग्दा घरबाहिर निस्कनसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । केही दिनयता तराईका क्षेत्रमा लगातार जस्तै कुहिरो लाग्दा जनजीवन प्रभावित भएको हो ।

सोमबार पनि तराईमा दिउँसो १ बजेसम्म कुहिरो लाग्ने र त्यसपछि हट्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए । मंगलबारबाट भने कुहिरो लाग्ने क्रम बिस्तारै कम हुँदै जाने उनले बताए । अरु ठाउँको मौसम भने सोमबार सामान्यतया सफा नै रहने पनि उनले जानकारी दिए ।

आज उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको हाराहारीमा झरेको छ ।सोमबार बिहान ६ बजे काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अझै केही दिन तापक्रम अहिलेको जस्तै रहने र तत्कालै पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्