अन्तरास्ट्रिय एनपिस अवार्ड नेपालबाट जिते पछि महिला बालबालिका मन्त्रीले गरे सरुलाई संमान



हरेक बर्ष प्रदान युनडिपीले प्रदान गर्दै आएको अनटोल्ड स्टोरी अन्तर्गत एनपिस अवार्ड यो बर्ष नेपालका तर्फबाट सरु सुनारले जितेकी छिन । गरिन्छ । यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानता लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियन्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आइरहेको छ । एक दशक भन्दा बढि नेपालमा रहेको जातीय छुवाछूत विभेद, महिला हिंसा र दुखी गरिबहरुको लागि सहयोग र लडदै आएकी सुनार यो बर्ष एनपिस अवार्डको लागि मनोनीत भएकी थिइन । उनी सगै नेपालबाट उमाथापा मगर र रजनी कोइराला मनोनयन परेका थिए ।

दुई जनालाई पछि पार्दै नेपालका तर्फबाट सरु सुनारले अवार्ड जित्न सफल भएकी छिन । अवार्ड जिते पछि आफुलाइ भोट दिएर जिताउले सबैलाई फेसबुक मार्फत धन्यवाद दिएकी छिन । एक दशक देखि अवार्ड सुरु भए पनि नेपालबाट उक्त अवार्ड जित्ने पहिलो दलित महिला बनेकी छिन ।

जित पछि उनलाई बधाई र सुभकामनाको ओइरोले सामाजिक संजाल भरिएको छ भने कतिले भेटेर बधाई सुभकामना दिएका छन् । बिगत १२ बर्ष देखि मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आइरहेको kin Nepal ( आफन्त नेपाल )ले पीडित केन्द्रित बैज्ञानिक अन्तर्वार्ता श्रोत सामाग्री पुस्तिका बिमोचन कार्यक्रमको अबसरमा महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्बत गुरुङले संमान गरेका छन् । शक्ति समुहकी संस्थापक अध्यक्ष चरिमाया तामाङ , अधिबक्ता मिरा ढुंगाना ,उच्च अदालत पाटन न्यायाधीश टेक नारायण कुबर , महिला आयोगका सचिब दिपेन्द्र काफ्ले लगाएत विशिष्ट ब्याक्तित्वहरुको उपस्थितिमा रहेको कार्यक्रममा मानव बेचबिखनमा घटनामा आफ्नै नजिकका आफ्न्तबाट बढी बेचिने , वैदेशिक रोजगारको बहानामा बढी जोखिम मोल्नु परेको भन्दै सबैले सुभकामना साथै आ-आफ्ना धारण राखेका  थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्