एम्बुलेन्स र ट्रक ठोक्किँदा एकको मृत्यु



सुनसरी भोक्राहा नरसिंह ५ स्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोक्किँदा एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर चौडण्डीगडी ५ का ५० वर्षीय चेतबहादुर विष्ट छन् । सोमबार बिहान साढे ८ बजे पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको थियो ।

उक्त दुर्घटनामा एम्बुलेन्समा सवारमध्येका विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्स चालकसहित अन्य चार जना घाइते छन् ।

घाइतेमध्ये तीन जनाको नोबेल अस्पताल विराटनगर र चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्