भालुको आक्रमणमा एक महिला गम्भीर घाइते



उत्तम कुमार थापा
बझाङ ,
बझाङमा मौषम परिर्वतन संगै गहिरो हिमपात भएपछि भालुको विगवीगी बढेको छ । जिल्लाको सदरमुकाम नजिकै रहेको एक स्थानमा भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन । सोमबार बिहान जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएकी ५० बर्षिय सीता देवी रोकाया भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी हुन ।

घर नजिकै काम गरीरहेको अवस्थामा एक्कासी भालुले उनलाई आक्रमण गरी शक्त घाइते बनाएको स्थानिय हिक्मत महरले जानकारी दिए । भालुले आक्रमण गर्दा रोकायाको टाउको र छातीमा चोट देखिएको उनको भनाइ छ ।

२ बच्चा पनि सँगै रहेको भालुले स्थानिय छयाला बासिका घरको गोठमा पसि हिजो राति मात्रै ७ वटा पशुचौपायाको भालुको आक्रमण पारि मृत्युु भइसकेको छ । भने अर्का तिर स्थानिय बासिलाई रात्रिको बेला बाहिर भित्र जानपनि समस्या भएको हो । २ वटा बच्चा साथमा रहेको भालुले मानिसहरु देख्ने बित्तिकै आक्रमण गर्ने गरेको बुझिएको छ ।

भालुको आक्रमणमा परी घाइते भएकी रोकायाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । भालु गहिरो हिमपात परेपछि लेकाली भेग छोडेर गाउँघरतिर आउँदा स्थानीय बासि त्रसीत बन्नुका साथै सबैलाई सजक रहन आग्र्रह गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्