एकै दिन पक्राउ परे ८६ चिनियाँ नागरिक



काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताउँदै उनीहरुमाथि थप अनुसन्धान भइहरेको बताए ।

अन्तराष्ट्यि स्तरको अनलाईन वेटिंग(जुवा) खेलाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा महिला र पुरुष दुबै चिनियाँ नागरिक रहेका छन् प्रहरीले पक्राउ परेकाहरुबाट ल्यापटप, मोबाइल नगदलगायत समेत बरामद गरेको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्