दाङ देउखुरी जिल्ला अदालतले जिल्लाको राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले उनीहरुलाई १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । नेताहरु चन्द्रबहादुर थापा, केशबहादुर बाँठालगायत २१ जना राजपुरको मगराइनाबाट पक्राउ परेका थिए ।
अदालतले आदेश दिए पनि पुनः पक्राउ गर्ने संभावना देखिएपछि नेकपाका नेताहरु धरौटी नबुझाएर कारागार नै जाने मनस्थितिमा देखिएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।