समाचार

नवराज सिलवाल ललितपुर १ का उम्मेदवार

By थाहा अनलाइन

November 02, 2017

सैघाली खबर, काठमाडौं, १६ कात्तिक ।– एमाले प्रवेश गरेका पूर्व डिआजी नवराज सिलवाललाई एमालेले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार उठाउने भएको छ । प्रतिनिधिसभाका लागि ३ क्षेत्र रहेको ललितपुर १ बाट सिलवाल वाम गठबन्धनको उम्मेदवार बन्नुभएको हो । वाम गठबन्धनको बाँडफाँडमा २ क्षेत्र एमाले र एउटामा माओवादी केन्द्रले पाउने सहमति भएको हो । क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन र ३ बाट माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसले ललितपुर १ बाट उदयशमशेर राणा, २ मा चन्द्र महर्जन र ३ बाट मदनबहादुर अमात्यलाई प्रतिनिधिसभा उमेदवार चयन गरेको छ ।