ओमप्रकाश गुप्ता
दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको आदर्श नमुना माविमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरु वाद्यवादनका सामाग्री पाएपछि खुसी भएका छन् । कक्षा ८ मा अध्ययनरत प्रविन चौधरीलाई गितार बजाउने ठुलो धोको थियो । विद्यालयमै गितार बजाउने अवसर पाएपछि उनी निकै खुसी छन् । सधै पढ्ने,लेख्ने मात्र काम हुन्थ्यो अव त पढाईको साथै गितार बजाउन पाएको छु मलाई खुसी लागेको छ उनले भने उनी जस्तै कक्षा ८ मै पढ्ने सन्तोष गोरेलाई हार्मोनियम बजाउने रहर पुरा भएको छ ।
राप्ती गाउँपालिका २ नम्बर वडाले आइतवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ९ प्रकारको वाद्यवादनका सामाग्री विद्यालयलाई प्रदान गरेको छ । वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विकाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष थापाले ५० हजार रुपैयाँ बराबरको हर्मोनियम,गितार,मादल, सारङ्गी, खैजडी, ट्याम्कुन, मुरली, बासुरी र चाँप विद्यालयका प्रअ किरण पोख्रेललाई हस्तान्तरण गरेका छन् । दृष्टीविहिन बालबालिकाको अध्ययन तथा कलागलामा उत्कृष्टता ल्याउदै मनोरन्जन समेत गराउने उदेश्यका साथ वाद्यवादनका सामाग्री प्रदान गरिएको बताइएको छ ।
वाद्यवादन सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका बुद्धिराम चौधरी, वडा सचिब दामोदर पोख्रेल, दृष्टीविहिन शिक्षक चोलाराम अधिकारी, समाजसेवी बासुदेव न्यौपाने, तुला गिरी, पत्रकार ओमप्रकाश गुप्ता, दृष्टीविहिन विद्यार्थी विरेन्द्र गिरी लगायतको सहभागीता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।