पत्रकार जमाल खग्गोसीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मुत्युदण्ड



साउदी अरबको एक अदालतले पत्रकार जमाल खग्गोसीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ ।

तीन जनालाई सबै जोडेर २४ वर्षको जेल सजाय सुनाइएको छ ।  साउदी सरकारका आलोचक पत्रकार खाशोज्जीको २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो । सुरुमा साउदी अरबले खग्गोसीको हत्या भएको नै स्वीकार गरेको थिएन ।

तर अन्तर्राष्ट्रिय दबावसँगै उनको हत्या भएको स्वीकार गरेको साउदी अरबले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको संलग्नता अस्वीकार गर्‍यो । सेप्टेम्बरमा सलमानले सार्वजनिक रुपमा खोशोज्जीको हत्या गरेको जिम्मेवारी लिए । यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले साउदीका क्राउन प्रिन्सले उनको हत्याको आदेश दिएको दाबी गरेका थिए ।

सरकारी अभियोजकका अनुसार क्राउन प्रिन्सका सल्लाहकार सउद अल खतानीसँग सोधपुछ गरिएको थियो, तर उनीमाथि कुनै आरोप लगाइएको छैन ।  यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो ।

तर साउदीले टर्कीको माग अस्वीकार गर्‍यो । तर गत जनवरीमा खग्गोसीको हत्याको मुद्दामा ११ अभियुक्तबारे रियादमा सुनुवाई सुरु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्