सिद्धबाबालाई अन्तिम पटक ३ दिनको म्याद थप



बलात्कार अभियोगमा पक्राउ परेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले अन्तिम ३ दिनको म्याद थप गरेको छ । थप अनुसन्धानको लागि भन्दै अदालतले पाँचौं तथा अन्तिम पटक ३ दिनको म्याद थप गरेको हो ।

अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ । प्रहरीले यसअघि थप गरिएको ७ दिन म्याद अगाडि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिए पनि पुन म्याद थप गरिएको थियो ।

गिरीलाई नं इजलासका न्यायाधीश सिमानन्द भुसालले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् । गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत अदालत ल्याइएको थियो । म्याद थपसँगै उनलाई फेरि बिराटनगर फर्काइएको छ ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिइएको थियो । पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्