चीनमा भएको ट्रेल दौड प्रतियोगितामा नेपालकी रशिलाले जितिन स्वर्ण



चीनको कुनिम प्रान्तमा भएको ५० किलोमिटर अल्ट्रा ट्रेल दौड प्रतियोगिताको उपाधि नेपालकी रशिला तामाङले जितेकी छिन्।

जीओजी माउन्टेन क्रसिङ टाइटलको उक्त दौड प्रतियोगिता दुई हजार मिटर उचाईको कुनिम शहरबाट सुरु भएर ४ हजार २ सय सम्मको २१ राष्ट्रका सयौं धावक तथा धाविकाहरुलाई पछि पार्दै महिलातर्फ प्रथम बनेकी रशिला तामाङले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी हुन्।

रशिलासँगै ३ सय ३७ महिला तथा पुरुष धावक धाविका दौडमा उत्रिएका थिए । उनले निर्धारित दुरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्। रशिला समग्रमा छैटौं तथा महिलातर्फ प्रथम भएकी हुन्।

उमेरले २० वर्ष पुगेकी धाविका रशिलाले साता दिन अघि मात्रै ४२ किलोमिटर एभरेस्ट म्याराथनको उपाधि जितेकी थिइन्। उनले ट्रेल दौडमा पनि छुट्टै पहिचान बनाउन सफल कएकी हुन् । महिला पुरुष माउन्टेन क्रसिङको ट्रेल दौडको उपाधि भने चाइनाका चर्चित धावक यान लुङ फेइले जितेका छन्  ।

प्रतियोगितामा नेपालका दुर्गाराज बुढा दोस्रो र दामोदर बुढा मगर तेस्रो बनेका थिए। विश्वमा आकर्षक अल्ट्रा ट्रैल दौडको मोह नेपाली धावकहरुमा बड्दो छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्