रोल्पामा ६ वटा मतदान केन्द्र थप



सैघाली खबर,
रोल्पा, १६ – कात्तिक। रोल्पामा ६ वटा मतदान केन्द्र थपिएको छ । स्थानीय तह चुनावमा एक सय ५४ मतदान केन्द्र रहेको रोल्पामा मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि एक सय ६० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिनुभयो । यस्तै जिल्लामा ८० मतदानस्थल रहने पनि गिरीले बताउनुभयो ।

स्थानीय चुनावपछि रोल्पामा १० हजार ८ सय ९४ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तह चुनावमा जिल्लामा एक लाख १७ हजार २ सय ६१ मतदाता रहेकामा प्रतिनिधि र प्रदेशसभा चुनावमा थप नयाँ मतदातासहित एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्