गहत खानाले पत्थरी फाल्छ भन्ने जनविश्वास अधिकांश नेपालीलाई छ । गहतको सेवनले किड्नीको स्टोन फाल्दछ । पत्थरीको उपचार गर्दा सधै कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा गहत पनि एक हो ।
पथरीको उपचार गहतले कसरी काम गर्छ भन्नेबारे जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।
गहत खाने तरीका
१ गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राति ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नुहोस् त्यसमा कालो मरिच,सिधेनुन,जीरा हलेदो हाल्नु होस् १० एमएम सम्मको पत्थरी झार्दछ ।
पत्थरी हुँदा के खाने ?
१ पत्थरी हुँदा गहत,खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।