सडक मानवको सहारा बन्दै निलसागर,घोराहीबाट मात्रै ६ जनाको उद्वार



ओमप्रकाश गुप्ता
सिसहनियाँ  । दाङ देउखुरीको राप्ती गाउँपालिका मात्र नभई सिंगो दाङ जिल्ला सडक मानव मुक्त बन्दै जान थालेको छ । निलसागर मानव सेवा आश्रम नामक संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा मानव सेवा आश्रम खोलेर अभियानको सुभारम्भ गरेको छ । अभियानको तेस्रो दिन सोमबार मात्र घोराही उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको पहलमा घोराही क्षेत्रबाट मात्रै ६ जना सडक मानवको उद्वार गरिएको छ । त्यस अगाडी राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकबाट १ जना गर्भवती महिला सहित २ महिला, भारतीय मुलका २ पुरुष गरी ४ जना र सिसहनियाँ क्षेत्रबाट ३ जना र लमही क्षेत्रबाट २ महिला १ पुरूष गरी मानसिक सन्तुलन गुमाएका ९ मानवहरुको उद्धार गरी आश्रममा राखिएको छ ।

मानसिक सन्तुलन गुमाएका,असहाय तथा बेसहारा मानिसहरूलाई आश्रममा राखी लालनपालन तथा उपचार गरी पुर्नस्थापना गर्ने उदेश्यले आश्रम खोलिएको आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

आश्रममा १० वटा कोठा रहेको छ जसमा १५ वेड,२ वटा शौचालय, खानेपानी धारा, भान्सा सहित सुविधा सम्पन्न आश्रम रहेको छ । आश्रममा रहेका मानवहरुलाई सन्तुलित भोजन, नियमित सरसफाई,मनोरञ्जन,परामर्श र उपचार सेवा हुँदै आएको छ । आश्रममा सहयोग जुट्ने क्रम पनि जारी रहेको छ ।

यसै क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर बजारमा रहेको गणपति हार्डवेयर्सका संचालक हिमलाल रोकायबाट ३ वटा बेड,राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी मदन पोख्रेल र तिलक पोख्रेलबाट ग्याँस चुलो र सिलिण्डर ,राप्ती गाउँपालिका ८ पिपरी स्थित गृहलक्ष्मी भाडा पसलका संचालक शिवाकर चौधरी र उनकी जीवन साथी संगिता चौधरीले आवश्यक पर्ने भाँडाहरु,सिसहनियाँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका सल्लाहकार तथा माण्डवी हार्डवेयर्सका संचालक पुर्णबहादुर बुढाथोकीले सुत्ने बेडका लागि लागि आबश्यक पर्ने ३० हजार बराबरको प्लाइ र राप्ती गाउँपालिका–५ निवासी राजु चौधरीबाट १० वटा न्यानो सिरक, राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी समिक्षा स्टिल फर्निचर एण्ड प्लाष्टिक वयर्सका संचालक गोपाल खत्रीले जाडोमा ओछ्याउने म्याट र कुर्सीे आश्रमलाई सहयोग गरेको आश्रमका दाङ जिल्ला संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्