सिसहनियाँमा जाडो छल्न चोक चोकमा आगो बालिदै



ओमप्रकाश गुप्ता, सिसहनियाँ । प्रहरी चौकी सिसहनियाँले केही दिन देखि चिसो अत्यधिक बढेकाले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारको चोक चोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।

स्थानीय राममिलन चौधरीले दाउरा उपलब्ध गराए पछि प्रहरीले बाटोमा हिड्ने बटुवा,यात्रु तथा व्यापारीहरूलाई लक्ष्यित गरी केहि दिनका लागि आगो ताप्ने व्यवस्था गरेको प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्