टप फिचर

आफूभन्दा होचो पुरुषसँग विवाह गरे राम्रो !

By Thaha - Online

December 24, 2019

एजेन्सी– युवतीहरु आफूभन्दा अग्लो युवासँग लभ गर्न चाहन्छन् वा विवाह गर्न चाहन्छन् । तर, यसको कारण के हो भन्दा सायदै कसैसँग जवाफ छ । यो त बरु उनीहरुलाई आफूभन्दा होचो पुरुषसँग विवाह गर्दा हुने फाइदा थाहा नभएकाले हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको त्यो अध्ययनले आफूभन्दा होचो पुरुषसँग विवाह गर्दा युवतीहरुलाई निम्न फाइदा हुने देखाएको छः

आफूभन्दा होचो पुरुषसँग विवाह गरेका महिलामा कन्फिडेन्स बढी हुने अध्ययनमा देखिएको छ । यसले सम्बन्ध सुमधुर बनाउने पनि विश्वास गरिएको छ ।

अध्ययनले अर्को आश्चर्यजनक तथ्य पनि दिएको छ । आफूभन्दा होचो पुरुषसँग विवाह गरे ऊ बढी वफादार हुने र आफूभन्दा अग्ला पुरुषले ‘चिट’ गर्ने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

होचा श्रीमान्हरु आफ्नी श्रीमतीप्रति बढी सजग हुने र उनीहरुको हेरचाह पनि बढी गर्ने देखिएको छ ।

न्युयोर्क विश्वविद्यालयले गरेको यो सर्वेअनुसार अग्ला पुरुषहरु छिटो वैवाहिक सम्बन्ध गाँस्न चाहन्छन् । तर, उनीहरुको भन्दा श्रीमतीभन्दा होचा श्रीमानहरुको सम्बन्ध चाहिँ सुमधुर हुन्छ ।