तातो दुधमा बेसार हालेर पिउनु फाइदाजनक



 

बेसार– बेसारले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत पु–याउँछ । अलिकति बेसार हालेर तातो दुध पिउने गर्नाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

सखर – गुड पनि भनिइने सखरले शरीरमा रगतको कमी हुन दिदैन । यसमा भरपुर मात्रामा आइरन फस्फोरस, म्याग्नेसियम, क्याल्सियम आदि पाइन्छन् । तातो दुधमा गुड लागेर खाने गर्नाले वजन कम हुन्छ ।

तिल – तिलले शरीरभित्र गर्मी पैदा गर्न मद्दत पु–याउँछ । यसमा पाइने मोनो स्याचुरेटेड फ्याट्टी एसिडले शरीरमा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।

जौं–जाडोमा जौबाट बनेका खानेकुरा खानु स्वास्थ्यका लागि फाइदाजनक छ । जौमा फाइवर र क्याल्सियम भरपुर पाइन्छन्, जसका कारण पाचन प्रणली दुरुस्त रहन्छ र कब्जियत समस्या हटाउँछ ।

छोकडा– छोकडामा भिटामिन ए, बी, केका साथै पोटासियम र म्याग्नेसियम प्रशस्त पाइन्छन् । यसलाई खजुर पनि भनिन्छ । जाडोमा छोकडा खाँदा शरीरभित्र गर्मी पैदा हुन्छ । दिनमा दुइवटा छोकडा  खाँदा शरीरलाई फाइबरमा कमी हुँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्