ओमप्रकाश गुप्ता, सिसहनियाँ । खेतवारीमा लगाएको बालीमा विषादी प्रयोगकर्ताले असावधानिपुर्वक र अनियन्त्रित प्रयोगबाट कृषकको स्वास्थ्य र बातवरणीय पर्यावरणमा असर पर्न थालेपछि दाङ देउखुरीको राप्ती गाउँपालिका ५ नम्बर वडाका कृषकहरु आई.पी.एम कृषि कार्यक्रम प्रति आकर्षित भएका छन् ।
बालीमा लाग्ने शत्रुजीव र मुत्रजीवको पहिचान गरी तिनीहरुको व्यवस्थापन गर्न विभिन्न फेरोमेन÷ल्यूर, ट्रयापमा सफाई तथा रासायनिक विषादीको समुचित प्रयोगबाट बालीमा लाग्ने किरा नियन्त्रण गर्न एकीकृत शत्रुजीव व्यवस्थापन(आई.पी.एम)कार्यक्रमबाट बढी सुरक्षित र फाइदाजनक भएपछि कृषकहरु यसप्रति आकर्षित भएका हुन् ।
व्यवसायिक खेती गर्ने किसानको स्वास्थ्यलाई ध्यानमा राखी राप्ती गाउँपालिकाको ५ नम्बर वडाले टोल टोलका ३० जना व्यवसायिक खेती गर्ने कृषकहरुको पहिचान गरी ५ दिने आई.पी.एम कृषि तालिमको आयोजना गरेको छ । तालिममा फल कुहाउन औंसाको किरा नियन्त्रण गर्न ल्यूर ट्रयापमा,तराकारीमा लाग्ने फड्के किरा र स–साना किरा नियन्त्रण गर्नको लागि क्याम.एम.बी,नर्सरीमा बेर्ना कुहिने रोग तथा आलुको डढुवा र काउली,बन्दाको पात थोप्ले रोगको नियन्त्रण गर्न क्याालफोमिलर क्यालपेष्टको प्रयोग प्रभावकारी हुने विश्वास गरिएको छ ।
बढी उत्पानसँगै बातावरण सन्तुल कायम राखि बालीमा लाग्ने रोगका किरा तथा झारपात जस्ता बालीका शत्रुहरुको व्यवस्थापन, प्रविधिबारे निर्माण लिन सक्ने क्षमता कृषकहरुमा विकास गर्ने लक्ष्य राखेर तालिम सञ्चालन गरिएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेशकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार यो पद्धति प्रभावकारी हुनुको साथै बातावरणलाई प्रतिकुल प्रभाव र जनस्वास्थ्यमा असर नगर्ने भएपछि पछिल्लो समयमा कृषकहरुको माग वढी रहेको छ ।
यसै बिच तालिमको सोमवार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । वडा अध्यक्ष गोवर्धन रावतको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी,कृषि शाखा प्रमुख महेश कुमार अधिकारी,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
३० जना कृषकहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश कुमार अधिकारी, कृषि प्राविधिक रेशमबहादुर रावत र मकै सुपर जाने लमहीका प्रमुख पिताम्बर बस्नेत रहेका छन् । वडा सदस्य गणेशकुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव राजेन्द्र चौधरीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।