प्रेम विवश घर्ती
दाङ
पुसको महिना निकै चिसो मौसम न्यानो कपडा लाउने मिठो खाने र न्यानोमा बस्ने युवा तथा व्यक्तीहरुले पनी विभिन्न ठाउँ तथा चोक चोक मा आगो तापिरहेको दृश्य देख्न सकिन्छ । तर यो चिसोमा न्यानो आवास को आभास नहुने , मिठो खाने कुराको साटो विहान वेलुकाको छाक टार्नपनी मुस्कील पर्ने र न्यानो कपडाको अनुभव गर्न नपाउने व्यक्तीलाई कती गाह्रो होला ?
हो मानवको लागी आवश्यक पर्ने आधारभू आवश्यकता मध्य गास, वास र कपास बाट नै बञ्चित छन् देउखुरी दाङका एक वृद्ध दम्पत्ती । गढवा गाउँपालिका वडा नम्बर ६ प्रगतीनगर मा सानो झुपडीमा करिव ६० वर्ष यता यस्तै चिसो मौसम, वर्षाको झरी सँग सामना गर्दै आएका छन् वीर बहादुर दमाई र कुस्मी दमाई । उमेरले वीर बहादुर ७५ वर्ष पुगेका छन् भने कुश्मी ७२ वर्ष पुगेकी छिन् । उनीहरुले वर्षाको समयमा रेडक्रसले दिएको त्रिपालको छानो मुनी जिवन गुजारी रहेका छन भने विहान बेलुकाको छाक टार्न निकै हम्मे हम्मे छ ।
वृद्ध दम्पत्तीलाइ अहिले गास,वास र कपास सबै कुराको कमी रहेको छ । यस वृद्ध दम्पत्तीले सहयोगको अपेक्षा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।