सैघाली खबर,
घोराही, १६ कार्तिक।
दाङ क्रिकेट संघको आयोजनामा यही कार्तिकको २७ गते देखि घोराहीमा हुन लागेको क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रयितोगिताका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।
दंगाली टि ट्वाण्टी कप, क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोराही दामोदर चोकमा रहेको सस्तो किराना पसलका सञ्चालक गणेश श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ ।
श्रेष्ठले उक्त सहयोग बापतको रकम आज दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयालाई हस्तान्तरण गर्नु भएको छ ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।