खेलकुद

क्रिकेट प्रतियोगितालाई सस्तो किराना पसलको सहयोग

By थाहा अनलाइन

November 02, 2017

सैघाली खबर, घोराही, १६ कार्तिक। दाङ क्रिकेट संघको आयोजनामा यही कार्तिकको २७ गते देखि घोराहीमा हुन लागेको क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रयितोगिताका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ ।

दंगाली टि ट्वाण्टी कप, क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोराही दामोदर चोकमा रहेको सस्तो किराना पसलका सञ्चालक गणेश श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ ।

श्रेष्ठले उक्त सहयोग बापतको रकम आज दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयालाई हस्तान्तरण गर्नु भएको छ ।।