पावर कम्पनीको २८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं : बुटवल पावर कम्पनीको २८% लाभांश सुरक्षित गर्ने आज मंगलबार (पुस ८ गते) अन्तिम दिन हो । सभा प्रयोजनका लागि कम्पनीले बुधबार (पुस ९ गते) देखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । यस कम्पनीले गत वर्षको नाफाबाट १८% नगद तथा १०% बोनस सेयर दिने निर्णय गरेको हो ।

लाभांश वितरण प्रस्ताव पारित गर्न बुटवल पावरले पुस २४ गते साधारण सभा बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्