ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक स्कुले बालक गम्भीर घाइते भएका छन् । मंगलबार विहान ८:३० बजेको समयमा लमही(भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवामा पश्चिमबाट पुर्व तर्फ गइरहेको रा ४ प ३४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ निवासी ठागुराम चौधरीका छोरा शुभदर्पण एकेडेमीमा अध्ययनरत ९ वर्षिय बालक
दिप्सन चौधरी गम्भीर घाइते भएको प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपालकुमार मल्लले जानकारी दिएका छन् ।
स्कुल बस कुरिरहेका बालक स्कुल बस आएको देखेर बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो । बालकको टाउको र अनुहारमा गहिरो चोट लागेको छ । गम्भीर घाइते बालकलाई फ्लोरेन्स अस्पताल लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।