एकदिवसीय वरियतामा नेपाल १८ औं स्थानमा




अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा नेपाल एक स्थान घट्दै १८ औं स्थानमा झरेको थियो ।

नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेको छ । नयाँ वरियतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

यस्तै, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अस्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेको छ । टी–ट्वान्टी वरियतामा भने नेपाल १२ औं स्थानमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्