बस दु’र्घटनामा परी २५ जनाको मृ’त्यु




बस दु’र्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृ’त्यु हुनुको साथै अन्य १४ जना घा’इते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दु’र्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जनाएको छ ।

दु’र्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दु’र्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

यस दु’र्घटनामा परी मृ’त्यु हुनेहरुको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ । तर स्थानीयले भने २५ जनाको श’व भेटिएको बताईएको छ । उद्धारकर्ताहरुले घ’टनास्थलबाट घा’इते तथा मृ’तकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

दु’र्घटना भएको अवस्थामा यस बसमा झण्डै ५० यात्रु रहेका अनुमान गरिएको छ । दु’र्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभाको सुकाबुमी क्षेत्रमा पनि यसअघि गत सेप्टेम्बरमा पनि दु’र्घटना भएको र कम्तीका २१ जनाको मृ’त्यु भएको थियो । एएफपी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्