चितवन क्षेत्र नं. ३ बाट प्रचण्डको उम्मेदवारी दर्ता



सैघाली खबर,
चितवन, १६ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

बिहीबार साढे १२ बजेबाट माओवादी केन्द्र र एमालेको संयुक्त जुलुससहित जिल्ला निर्वाचन कार्यालय पुगेर १ बजे उम्मेद्वारी दर्ता गरेका हुन । अध्यक्ष प्रचण्डको प्रस्तावकमा माओवादी केन्द्रका नेता अमिक शेरचन र समर्थकमा एमाले नेता रामजी सापकोटा रहेका छन ।

त्यस्तै चितवन क्षेत्र नं‍ १ बाट पूर्वमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे र क्षेत्र नं। २ बाट पूर्वसांसद एवं एमाले चितवन अध्यक्ष कृष्णभक्त पोखरेलले उम्मेद्वारी दर्ता गरेका हुन ।मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले आज मनोनयन दर्ता गर्नेछन् । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८ सय ५२ जना मतदतालाई मतदानको अधिकार रहेको छ ।

नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्