वार्षिक १ करोड पर्यटक भित्र्याउँंछौ : मन्त्री भट्टराई



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० वर्षमा पर्यटन पूर्वधार निमार्ण गरी वार्षिक १ करोड पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन् ।

विभिन्न महासंघसँगको कार्यक्रममा मन्त्री भट्टराईले १० वर्षमा एयरपोर्ट, सडक, पर्यटक गन्तव्यलगायतका पूर्वाधार विस्तार गरी १ करोड भित्र्याउने मन्त्रालयले योजना बनाएको बताए। भ्रमण दशक २०२०–२०३० सम्म घोषणा गरी योजना सार्वजनिक गर्ने उनको भनाइ छ। एक दशकभित्र पूर्व–पश्चिम रेलमार्ग, उत्तर दक्षिण सडक तथा रेलमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसहित भैरहवा, पोखरा विमानस्थल बनिसक्ने बताए। त्यस्तै नयाँ पर्यटक गन्तव्यस्थल पहिचान गर्ने पनि मन्त्रालयले योजना बनाएको छ।

अहिले ३ प्रतिशत जीडीपीको योगदान १० प्रतिशत पुर्याउनुपर्ने बताए। मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको अधिकतम क्षमता ९० लाख मात्रै भएको भन्दै निजगढ विमानस्थलको विकल्प नभएको बताए। छलफल कार्यक्रममा सहकारी महासंघ, गैरसरकारी संघ र सामुदायिक वन उपभोक्ता महासंघहरुले मन्त्रीसँग छलफल गरेका थिए। मन्त्रीले प्रत्येक महासंघले सय जना मार्चपासको लागि र एक हजार जना दर्शकलाई जनवरी १ मा हुने भ्रमण वर्षको उद्घाटन समारोहमा ल्याउन आग्रह गरे। जनवरी १ मा राष्ट्रपतिले भ्रमणवर्ष २०२० को उद्घाटन गर्ने कार्यक्रम रहेको छ। जसमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया कम्तीमा १० जना पर्यटनमन्त्री नेपाल आउने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्