शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताएका छन् ।
संघीयतामा शिक्षा स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती विषयक अन्तर्क्रियामा शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन सकिने बताए ।
शिक्षकहरुको न्यूनतम प्रबन्ध नगरी गुणस्तरिय शिक्षाको प्रत्याभूति गराउन नसकिने मन्त्री पोखरेलको भनाई छ । यस्तै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति आएको भए त्यसको जिम्मेवारी आफूले लिने बताए ।
शिक्षाविद् विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको बताएका थिए । स्थानीय सरकार स्वयत्त सरकार हो भन्ने कुरा प्रदेश र संघले नबुझेसम्म यो समस्याको समाधान नहुने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।