चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै पारस खड्काको कप्तानीमा रहेको चितवन उपाधि नजिक पुगेको हो । पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।
कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सकेनन् । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए । चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २/ २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले । बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए । यस्तै आरिफ शेख र सन्नी पटेलले १५ /१५ रन बनाए । काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १ /१ विकेट लिए । जितसंगै चितवन पाँच खेलमा पराजित रहदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।