‘आइसी डिजाइनर रनवे’का लागि मोडलको खोज



काठमाडौं,८ पुष
विगत ९ बर्षदेखि नियमित आयोजना हुँदै आएको नेपालको उत्कृष्ट फेसन सो ‘आइसी डिजाइनर रनवे’ आगामी चैत्र ८ गते आयोजना हुँदैछ ।
होटल हायात रिजेन्सीमा आयोजना हुने उक्त फेसन शोका लागि मोडल छान्ने उदेश्यले ‘आइससी डिजाइनर रनवे अडिसन’ समेत आयोजना हुने भएको छ ।

आगामी १२ गते शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजना हुने अडिसनका लागि आवेदन समेत खुल्ला गरिएको छ । जसमा ५ फिट ६ इन्च उचाही भएका १८ बर्षदेखि २६ बर्षसम्मका महिला मोडलले आवेदन भर्न सक्नेछन् ।

आवेदन फारम नेक्स्ट मोडल्स नेपालको कार्यालय कालीमाटी, आइसी डिजाइनर बागबजार र चन्डोलबाट उपलब्ध हुनेछन् । अडिसनबाट उत्कृष्ट २३ मोडलको छनौट गरिनेछ । अडिसनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागीता जनाउन पाउने शोको मानेजमेन्टको जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

पुर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, बरिष्ठ फोटोग्राफर राजभाई सुवाल, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत अडिसनको निर्णायकमा रहनेछन् ।

अडिसनबाट छनौट भएका मोडललाई भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरको कोरियोग्राफीमा अहिलेसम्मकै फरक तरिकाले र्याम्पमा उतारिनेछ । फेसन शोमा ३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइनर मोडल मार्फत र्याम्पमा प्रस्तुत हुनेछ ।

‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्