उत्तम कुमार थापा, बझाङ सुदूरपश्चिम प्रदेश स्तरीय ‘स्पिकिङ आइडल’ जिल्लास्थरीय प्रतियोगिता बझाङको सदरमुकाम चैनपुरको सुदुरपस्चिम बिध्या सदनमा सोमवार सम्पन्न भएको छ ।
बझाङ जिल्ला भरीका १९ वर्ष मुनीका करीब ५० जना विद्यार्थीहरु जिल्लाका विभिन्न सरकारी तथा निजि बिध्यालयहरुवाट वक्तीत्व परीक्षणका अडिसन दिन चैनपुर पुगेका थिए ।
स्पिकिङ आईडलका जज वाल क्लव सदस्यहरको राष्ट्रिय सञ्जालका सँयोजक प्रबिन सिलवालका अनुषार छनोट हुनेमा सेतीसाईपाल वोडिङ स्कुलका प्रतिभा जोशी सवै भन्दा वढी अङ्क ल्याएर प्रथम भएकी छन भने दित्तिय जालपा माबि देवलकी निर्मला वोहरा तृतिय जालपा माबिका सिमा धमेना र सुनिपिपल चौर माबिका अङ्कीत भन्डारीले चौथो स्थानमा छनोट भएका छन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।