उर्मिला यादव , सुनवल । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीको आयोजनामा मंगलबार परासीमा भएको सडक दुर्घटना न्यूनिकरण सम्बन्धी बैठकमा सो कार्य योजना स्वीकृत गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत ज्योति राज अर्यालको संयोजकत्वमा गठित समितिले पेश गरेको सडक दुर्घटना न्यूनिकरण कार्ययोजना स्वीकृत गरिएको हो ।
स्वीकृत कार्ययोजनामा तीन पाङ्ग्रे सवारी साधनको ऐन नियम बनाई व्यवस्थापन गर्ने, टिप्परलाई टाइम कार्डको व्यवस्था गर्ने उल्लेख गरीएको छ ।
कार्ययोजनामा ट्राफिक सचेतना वृद्धि गर्ने, ड्राइभिङ्ग इन्स्टिच्युट र प्रशिक्षार्थीको अनुगमन, गर्ने , सडक अतिक्रमण तथा फुटपाथ व्यवस्थापन, छाडा चौपाया र ओभरलोड नियन्त्रण, मिडिया सम्पर्क कार्यक्रम, ट्राफिक कम्युनिकेशन एप्स तथा रिफ्रेस सेन्टरको स्थापना जस्ता विषय समेटिएका छन् ।सो कार्ययोजनाको कार्यान्वयनबाट पश्चिम नवलपरासीमा सडक दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।