थाहा अनलाइन , काठमाडौ प्रोमोटिङ सोलुसन द्वारा आयोजना गरिएको मोडल सुपरस्टार सिजन २ लागी छनौटमा परेका मोडल सुपरस्टारका बिद्यार्थीहरुले बसन्तपुर शान्ती निकुन्ज स्कुल नजिक मरु हिटि पाटी प्यालेसमा मंगलबार
सबैले आ-आफ्नो खाजा खर्च कटाएर दृष्टि बिहिनलाई सहयोग गरेका छन् ।
सिन्धुपाल्चोक , ठुलोपाखा ,लिसुङ्ग गाउपालिका वडा न ७ का निरबहादुर सुनार बिगत अढाइ बर्ष देखि दुबै आँखाले देख्न सक्दैनन् । पहिला वोल्डिङको काम गर्ने सुनारको सामान्य आँखा हल्का चिलाएको तीन चार दिनमै दुबै आखाले देख्न छोडेको बताउँछन् । काठमाडौको तिलगंगा देखि आँखाका धेरै अस्पतालमा देखाउदा पनि उनको आखाको उपचार हुन सकेन अन्तत आखाको नशा नै सुकेको र कहिले पनि आँखा देख्न सक्दैनन् भनी डक्टर भने पछि उनको जीवनमा ३० बर्षमै बाहिरी संन्सार बन्द भयो ।
उनि मात्र होईन उनका साना दुई छोरी र श्रीमतीको जिबनमा पनि ठुलो बज्रपात पर्न गयो । काभ्रेको धुलिखेलमा सानो कोठा भाडामा लिएर दुई छोरी पढाउदै दृष्टि बिहिन श्रीमानको स्याहारसुसार र पारिवारिक जिम्मेवारी आफ्नै काधमा बोकेकी सबिता रसाइलीले जिम्मेवारी बहन गर्न कहिले ज्याला मजदुरी , कहिले एयरपोर्ट नजिक पानी , चुरोट बेच्नी बाहेक अरु बिकल्प हुन सकेन ।
एकातिर आफ्नो दृस्टी बिहिन श्रीमानलाई मासिक २८०० को दरले सुगर र प्रेसरको औसधि खुवाउनु पर्ने घर भाडा, बच्चाको स्कुल खर्च र परिवारको खानपिनको भार थेग्न नसक्ने अबस्थामा पुगेकी सबिता रसाइली धेरैसंग सहयोगको अपिल गरिन् तर सहयोग आउन सकेन । सन्चारकर्मी सरु सुनारले आफ्नो जन्मदिको अबसरमा रु. पाँचहजार पाँचसय पचास र अमेरिकामा बस्ने हर्कमान गजमेरले चामल र केही खानेचिजहरु बाहेक कसैबाट पनि सहयोग नआएको सबिता रसाइली बताउछिन् ।
एउटा ठेलागाडा किन्ने पैसा भए केही गरि परिवार पाल्थे भनी गुनासो पोख्दै सहयोगको अपेक्षा गरेकी छिन् । मोडल सुपरस्टारका भाइबैनिले रु. आठ हजार चारसय सहयोग गरेका छन् । आगामी माघ ३ गते हुने मोडल सुपरस्टार सिजन २ को सेमी फाइनलमा प्रोमिटिङ सोलुसनका संचालक रमेश शाहीले ठेलागाडा किन्न रु .३० हजार सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।