दाङमा ८९ जनाको उम्मेदवारी दर्ता



सैघाली खबर
दाङ, १६ कार्तिक । दाङमा विहिवार सम्पन्न भएको मनोनयन दर्तामा विभिन्न दल र स्वतन्त्र गरी ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन । दलगततर्फ ७४ र स्वतन्त्रतर्फ १५ जनाले उम्मेदवारी दिएका छन । भने महिला ६ जना रहेका छन ।

यस्ता छन उम्मेदवारहरु ः
प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु
क्षेत्र नं. १
नेकपा एमालेका मेटमणि चौधरी, नेपाली काँगेसका सुशीला चौधरी, नेका विपीका अशोक खड्का,राजमोका कपिलदेव खनाल, संघीय समाजवादी फोरम नेपालका अशोक कुमार यादव, नेकपा मालेका रेखा केसी, संघीय खुम्वुवान लोकतान्त्रिक नेपालका लिलाराम चौधरी, नयाँ शक्तिका होमप्रसाद शर्मा, स्वतन्त्रतर्फ सुरेन्द्र चौधरी, गौरसिं महत र परशु नारायण चौधरी
क्षेत्र नं. २
नेकपा माओवादीका कृष्णबहादुर महरा, नेपाली काँग्रेसका राजु खनाल, राष्ट्रिय जनमुक्तिका ठाकुर रोका, राजमोका गणेशप्रसाद आचार्य, नयाशक्तिका गगन शाह, नेकपा मालेका भोजबहादुर विक, संघीय खम्वुवान लोकतान्त्रिकका टेकमान बुढा, मंगोल नेश्नल अर्गनाइजेशनका दिलमायाँ बुचा, स्वतन्त्रतर्फ बाबुराम पौडेल
क्षेत्र नं. ३
नेकपा एमालेका हिराचन्द्र केसी, नेपाली काँग्रेसका दीपक गिरी, राजमोका कमला जिसी, नेकपा मालेका हिमलाल चौधरी, नयाँशक्तिका हरिप्रसाद रिजाल, संघीय खम्वुवान लोकतान्त्रिकका शेरबहादुर आलेमगर, देशभक्त जनगणतान्त्रिक मोर्चा हिरामणि पौडेल, स्वतन्त्र कमल ओली, नरवहादुर वली, बालकृष्ण शर्मा, यादव भण्डारी

प्रदेशसभा
क्षेत्र नं. १ क
नेकपा माओवादी केन्दका इन्द्रजीत थारु, नेपाली काँग्रेसका प्रदिप थापा, राजमोका जगत प्रसाद पौडेल
सघीय समाजवादी फोरमका सीताराम यादव, नेकपा मालेका सविता जिसी पाण्डे ,राष्ट्रिय जनमुक्तिका रणबहादुर यादव,नयाशक्तिका एकराज चौधरी,स्वतन्त्रतर्फका चुडामणि चौधरी ।
१ ख
नेकपा एमालेका रेवतिरमण शर्मा, नेपाली काँग्रेसका जानकीलाल बस्नेत, राजमोका ठाकुर प्रसाद भण्डारी, नेकपा मालेका कृष्णबहादुर क्षेत्री, राप्रपा प्रजातान्त्रिकका किरण कुमार बुढाथोकी, नयाशक्तिका दिलबहादुर महतरा, देशभक्त जनगणतान्त्रिक मोर्चाका नरेन्द्रबहादुर बञ्जाडे , संघीय खुम्वुवान लोकतान्त्रिकका भक्तबहादुर घर्तीमगर, संघीय समाजवादी फोरम नेपालका भरतलाल चौधरी, स्वतन्त्रतर्फका जगबहादुर चौधरी र दिकपाल योगी
क्षेत्र नं. २ क
नेकपा एमालेका शंकर पोखरेल, नेपाली काँग्रेसका कमलकिशोर घिमिरे, राजमोका षडानन्द खनाल, नेकपा मालेका कपिलदेव पोख्रेल, राष्ट्रिय जनमुक्तिका आशा नेपाली, राप्रपा प्रजातान्त्रिक इश्वरी प्रसाद शर्मा, नयाँशक्तिका पद्मा वानियाँ, संघीय खुम्वुवान लोकतान्त्रिकका बमबहादुर बुढामगर, एकिकृत राप्रपा राष्ट्रवादीका रामबहादुर भण्डारी क्षेत्री र स्वतन्त्रहरुमा विश्वनाथ ज्ञवाली, सोमराज रैदास ।
२ ख
नेपाली काँग्रेसका भरतबहादुर न्यौपाने, नेकपा एमालेका अमरबहादुर डाँगी क्षेत्री, राजमोका टीकाबहादुर विक, राष्ट्रिय जनमुक्तिका शालिकराम नेपाली, नेकपा मालेका जीतबहादुर वली, संघीय खम्वुवान लोकतान्त्रिकका वुद्धिमान चौधरी, देशभक्त जनगणतान्त्रिक मोर्चाका रामजी थारु, नयाँशक्तिका कृष्णप्रसाद चौधरी र स्वतन्त्र सिताराम रेग्मी ।

क्षेत्र नं. ३ क
नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, नयाशक्तिका नेत्रलाल भटराई, राजमोका भरत भण्डारी, राप्रपा प्रजातान्त्रिकका प्रेमबहादुर शाह, नेकपा मालेका शालिकराम चौधरी, एकिकृत राप्रपा राष्ट्रवादीका सन्तोष कुवर योगी, राष्ट्रिय जनमुक्तिका लिला पहाडि, राप्रपाका हरिभक्त भण्डारी र स्वतन्त्रतर्फ कुवेरबहादुर वली ।
३ ख
नेकपा एमालेका उत्तर कुमार वली, नेपाली काँग्रेसका बुद्धिराम भण्डारी, राजमोका देवबहादुर कामी, राप्रपाका भूपाल रावत, नेकपा मालेका टोपबहादुर डाँगी, राष्ट्रिय जनमुक्तिका धनराज विश्वकर्मा, नयाँशक्तिका रुद्रबहादुर केसी र स्वतन्त्रतर्फका लिलाधर खड्का र गेदलाल भण्डारी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्