काठमाण्डौँ । समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाइएको छ । मंगलबार सरकारबाट बाहिरिएको समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिने जनाएको छ ।
मंगलबार सरकारबाट बाहिरिएको समाजवादी पार्टीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे कुनै निर्णय लिएको छैन । पदाधिकारी बैठकबाटै समर्थनबारे निर्णय लिने र दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको छ ।
पत्रकार सम्मेलन दिउँसो २ बजे दलको कार्यालय सिंहदरबारमा बोलाइएको छ । समाजवादी पार्टीले समर्थन फिर्ता लिए नेकपा सरकार दुइ तिहाइको नभई बहुमतको मात्रै हुनेछ । संविधान संशोधन गर्न सरकार तयार नभएको भन्दै उपप्रधानमन्त्री एवम् कानून मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।