प्रतिनिधिसभाको निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी



सैघाली खबर
काठमाडौं,१७ कार्तिक

प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन्। प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन्। निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रमुख तीन दलबाट जम्मा १५ जना नेत्रीले मनोनयन दर्ता गराएका छन्। जम्मा ४५ जिल्लाका एक सय २८ क्षेत्रमा कांग्रेसका तर्फबाट सबैभन्दा बढी सात महिलाले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी, एमालेबाट पाँच र माओवादीबाट तीन महिला चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुम( १ बाट सीता गुरुङ, महोत्तरी(२ बाट किरण यादव, मकवानपुर( २ बाट महालक्ष्मी उपाध्याय डिना, काठमाडौं (३ बाट अम्बिका बस्नेत, दाङ( १ बाट सुशीला चौधरी, कैलाली( १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली( ५ बाट डा।

आरजु राणा छन्। त्यसैगरी, एमालेले झापा(२ बाट पवित्रा खरेल, सुनसरी(३ बाट भगवती चौधरी, उदयपुर(१ बाट मञ्जु चौधरी, स्याङ्जा(२ बाट पद्मा अर्याल र कैलाली(१ मा गरिमा शाहलाई उठाएको छ। माओवादी केन्द्रले पार्टी प्रवक्ता पम्फा भुसाललाई ललितपुर( ३ बाट, उर्मिला अर्याललाई पर्सा(४ बाट र बीना मगरलाई कञ्चनपुर(१ बाट उम्मेदवार बनाएको छ। पहिलो चरणअन्तर्गत ३७ क्षेत्रमा हुने निर्वाचनका लागि कांग्रेसले सरस्वती बजिमय र चम्पादेवी खड्का तथा माओवादीले कमला रोकालाई उम्मेदवार बनाएका थिए। कांग्रेस नेत्री कल्याणी रिजालले दलहरूले दिएको महिला उम्मेदवारी सन्तोषजनक नभएको बताइन्।

१ सय ६५ क्षेत्रमध्ये जम्मा १० प्रतिशत मात्र महिला उठाएर दलहरूले अपमानित गरेको प्रतिक्रिया दिएकी छन्। दोस्रो चरण निर्वाचनका लागि बिहीबार अन्तिम उम्मेदवारी दिने महिलामध्ये कोमल ओली निकै चर्चामा रहिन्। केही समयपहिले मात्रै राप्रपाबाट एमालेमा प्रवेश गरेकी उनले एमालेबाट टिकट नपाएपछि दाङ(३ मा स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

एमालेकी प्रभावशाली नेत्री एवं पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेशसभाका लागि काठमाडौंबाट उम्मेदवारी दिएकी छन्। कैलाली( १ मा महिला उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएको छ। यो क्षेत्रमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनबाट एमाले नेत्री गरिमा शाह मैदानमा भिड्ने भएका छन्। यसअघि दुवै नेत्री समानुपातिकबाट सांसद थिए। बिहीबार उम्मेदवारी दिने कांग्रेसकी आरजु राणा प्रधानमन्त्रीपत्नी हुन् भने बीना मगर माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्