तिम्रो तनमनसंग रमाउने मन छ प्रिय
अझै आफ्नोपनसंग रमाउने मन छ प्रिय
अरु महलमा कटाउलान आफ्नो दिनहरु,
तर सानो झुपडीमा रमाउने मन छ प्रिय।१।
मेरो पार्थिव शरीर आर्यघाटमा सेलाउदै गर्दा
तिम्ले त्यो शरीरमाथि पुष्प अर्पण गर्दै गर्दा
रुनेछौ या रुँदिनौ थाहा छैन के गर्छौ तिम्ले
सुन्दर संसार छोडी म टाढा बसाइँ सर्दै गर्दा।२।
आज ठिक छु भोली हालत खराब हुनसक्छ१
तिम्लाई भुल्न खोज्दा आदत खराब हुनसक्छ१
ओठले मधुर बाणीहरु साटासाट गर्नेको पनि
आँखामा हेर्नु नियालेर नियत खराब हुनसक्छ१।३।
मुक्तक
बिनोद गिरी

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।