आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने



सैघाली खबर
काठमाडौं,१७ कार्तिक


दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ४ हजार ७ सय ८ हजनाले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरण अनुसार, प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३५ महिला उम्मेदवारले मनोनयन दर्ता गरेकाआयोगले जनाएको छ । हिजो भएको मनोनयन दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता गरेकाहरुको सूची हिजै प्रकाशन गरिएको र आज ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने ढकालले जानकारी दिनुभयो । आज दर्ता भएको उजुरी उपर निर्वाचन आयोगले भोली छानविन गरी नामावली प्रकाशन गर्नेछ ।

कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् ।उम्मेदवारले नाम फिर्ता लिने समयावधि सकिएपछि आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ र उम्मेदवारहरूले औपचारिक रूपमा चुनाव चिह्न प्राप्त गर्नेछन् । आ आफ्नो चुनाव चिह्न प्राप्त गरेपछि उम्मेदवारहरूले चुनावी प्रचारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्