मुख्य समाचार

आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

By थाहा अनलाइन

November 03, 2017

सैघाली खबर काठमाडौं,१७ कार्तिक

दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ४ हजार ७ सय ८ हजनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरण अनुसार, प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३५ महिला उम्मेदवारले मनोनयन दर्ता गरेकाआयोगले जनाएको छ । हिजो भएको मनोनयन दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।

निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता गरेकाहरुको सूची हिजै प्रकाशन गरिएको र आज ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने ढकालले जानकारी दिनुभयो । आज दर्ता भएको उजुरी उपर निर्वाचन आयोगले भोली छानविन गरी नामावली प्रकाशन गर्नेछ ।

कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् ।उम्मेदवारले नाम फिर्ता लिने समयावधि सकिएपछि आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ र उम्मेदवारहरूले औपचारिक रूपमा चुनाव चिह्न प्राप्त गर्नेछन् । आ आफ्नो चुनाव चिह्न प्राप्त गरेपछि उम्मेदवारहरूले चुनावी प्रचारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।