धनुषामा २ सय १३ जनाले उम्मेदवारी दर्ता गरे



सैघाली खबर
जनकपुर ,१७ कार्तिक


धनुषा जिल्लामा बिहिबार भएको मनोनयनमा २सय १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा तर्फ ८६ जनाले मनोनयन गराएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा १८ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभा (क)मा १६ जना र (ख)मा १३ जना, क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा १३ जना, प्रदेश सभा (क) मा १६ जना र (ख) मा १३ जनाको उम्मेदवारी परेको छ ।यसैगरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा २९ जनाको उम्मेंदवारी परेको छ । प्रदेश सभा (क) मा १५ जना, (ख) मा २० जना, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा २६ जना, प्रदेश सभा (क) मा १८ जना र (ख) मा १६ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्