चर्चित भारतिय गायिका आशा भोस्ले काठमाण्डौमा



भारतकी चर्चित गायिका आशा भोस्ले काठमाडौं आइपुगेकी छन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा बुधबार अपरान्ह काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा उनको भव्य स्वागत गरिएको छ ।

साधना कला केन्द्रकाअनुसार उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा गीत गाउने छिन् । ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ । गायिका आशाले कयौं नेपाली गीत पनि गाएकी छन् ।

उनले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘साउने झरीमा’मा लगायत नेपाली गीत गाएकी छन् । केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्