सैघाली खबर
काठमाडौं,१७ कार्तिक
आजपनि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । हिजो खुवाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज स्वयम् सेविकाहरु घर घरमै पुगेर भिटामिन ए र जुकाको औषधी खुवाउनेछन् । यही कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनेभनिए पनि तिहारका कारण कार्यक्रम सारिएको थियो ।
भिटामिन ए को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालिन झाडापखाला लाग्ने, दादुरा लगायतका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्। स्वास्थ्य स्वयम् सेविकाहरुसँग सम्पर्क गरी आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैमा अनुरोध गरेको छ । सरकारले ६÷६ महिनामा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।