सिमा विवाद : किन मौन नेपाल




‘नेपाली हामि रहुला कहाँ नेपालै नरहे’ यो शब्द तपाई हामि मध्ये जो कोहिलाई पनि राष्ट्रियताको आभाष हुने गर्दछ । स्वर्गिय स्वर सम्राट नारायण गोपालले गाएका यो राष्ट्रिय भावनाले उत्प्रोत स्वदेश गानले नै राष्ट्रिय एकताको आभाष गराउँद छ । गीतका ती मार्मिक र सान्र्दभिक शब्द झै वर्तमान परिपेच्छेमा त्यसको व्यवहारिकताको आवश्यकता रहेको छ । तर देशको सन्र्दभलाई हेर्ने हो भने गीतलाई गीतमा नै सिमित गरेको पाउन सकिन्छ ।

केहि समय अगाडि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमिलाई समावेश गरेपछि सिमा विवादमा परेको नेपाल मौन रहेको छ । आफ्नो देशको भूमि अर्को देशले मिच्दा समेत किन मौन छ नेपाल ?

नेपाली भूमि नालापानी,लिपुलेक र लिम्पियाधुरा लगाएतको भू–भाग भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको छ । भारतले नक्सा सार्वजनिक गरे लगत्तै त्यसको विरोधमा नेपाली नागरीक, विद्यार्थी लगाएतका देशवासि नलागेका पनि होईनन् । तर पनि भारतले हस्तक्षेप गरेको नेपाली भूमि फिर्ता गरेकोे छैन । र पनि किन मौन हुदैछन् आम देशवासी ,राजनितिक दल र संम्बन्धित निकाय ?

नेपाली युवाहरु भारत विरोधि नारा जुलुस गर्दे सिमा सम्म पुगे तर खै त त्यसको प्रभाव ? किन अटेर गर्दै छ भारत ? भारतको अटेरीपनालाई मात्र नहेरी नेपाली जनताहरुको सक्रियतालाई पनि सरकारले हेर्न आवश्यक छ । सिङगो नेपाल सरकार नै आज आफ्नो देशको भूमि अर्को देशले मिचिरहदाँ टुलुटुलु हेरीरहेको छ । सरकारले चाल्नु पर्ने आवश्यक प्रकृयाहरु समयमा नै नचाल्दा कतै नेपालका अन्य सिमा क्षेत्रहरु पनि मिचिने त हैनन् ? हो यो प्रश्न आज जो कोहि आम नागरीकको मन मस्तिष्कमा रहेको छ । किन सरोकारवाला निकायले त्यसलाई मनन् गर्दैनन् ? सिमाकै विषयलाई लिएर सरकारले विभिन्न किसिमका सभा समारोह र गोष्ठिहरुको आयोजना त गर्यो तर कार्यान्वयनमा ल्याउन सकेको छैन ।

सिमा के र कस्तो हुनुपर्छ ?

‘सिमा’ तपाई हामि मध्ये जो कोहिलाई पनि थाहा भएकै शब्द हो । अझ भन्नु पर्दा यहि सिमा कै कारण गाउँ घरमा छिमेकी बिच एक आपसमा झगडा,मनमुटाव र बैमनष्यता भईरहेको हुन्छ । अब सोच्नुस् त तपाई हाम्रो अलिकति जमिन छिमेकीले मिच्दा हामि एक आपसमा मनमुटाव गरीरहेका छौ भने देशको सिमाना नै अर्को देशले मिचिरहदाँ किन चुप छौ हामि ? ती मिचिएका सिमामा भएका जमिन पनि तपाई हामि जस्तै एक नेपालीकै जमिन हो । भारतले भूमि आफ्नो बनाए संगै ती सिमाका नेपाली भारतीय बन्न बाध्य भएका छन् ।

सामान्यतया ः सिमा भनेकै दुई व्यक्ति वा दुई राज्य विचमा आ–आफ्नो भू–भाग यो हो र यसबाट यता वा उता अर्काको हो भनेर छुट्याउने माध्यम हो । सिमाको सुरक्षा अपरिहार्य विषय हो । किनकि आफूले पाएको अधिकारको सुरक्षा व्यक्ति होस् या राज्य जो कोहिले पनि गर्नु पर्दछ । विश्व परिवेशलाई हेर्ने हो भने पनि विश्वका सबै देशहरुले आफ्नो सिमा सुरक्षाको लागि आर्थिक देखि मानवीय लगानी गरेको हुन्छ । तर नेपाल भने खुल्ला सिमाना भएकाले पनि सुरक्षा व्यवस्थामा कडाई नभएका कारण भारतले नेपाली भूमि वर्षौ देखि मिच्दै आएको छ । देश विकासको हरेक गतिविधि देशको सिमा भित्र नै हुने भएकाले पनि सिमा सुरक्षित हुन आवश्यक रहेको छ । देशमा शान्ति सुरक्षा,अमनचयन कायम गर्नका लागि पनि सिमा मदवुत हुनु पर्दछ । बाह्य शक्तिको आक्रमण देखि आन्तरिक सुव्यवस्थाको लागि सिमा बहिलो हुनुपर्दछ ।

बलियो नीति नियमको आवश्यकता

देश बलियो हुनको लागि त्यहाँको कानुन बलियो हुनुपर्दछ । त्यस देशको कानुनले नै छिमेकी राष्ट्रलाई समेत प्रभाव पार्ने हुनुपर्दछ । ताकि कुनै पनि देशले आक्रमण वा अतिक्रमण गर्नु अघि त्यस देशको कानुनको बारेमा एक पटक सोचोस् । नेपालको परिवेशलाई हेर्ने हो भने भारतले नेपालको त्यहि कमजोरीलाई लिएर सिमा मिच्दै आएको ईतिहास रहेको छ ।

नेपालमा संविधानहरु त धेरै बने तर त्यसको सहि कार्यान्वयनमा आन्तरिक पक्ष फितलो हुनाले पनि बाह्य राष्ट्रले त्यसको फाईदा लिईरहेको पाउन सकिन्छ । देशको सिमाना बलियो भएमा मात्र एउटा सिङ्गो देश नै सुरक्षित र बजवुद हुने गर्दछ । त्यसैले पनि नेपालको सिमा सुरक्षा मजवुद हुनु आवश्यक रहेको छ ।

नालापानी,लिपुलेक र लिम्पियाधुरा जोगाउन अहिलेसम्म भएका कार्यहरु ः

केहि समय अगाडि भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि नालापानी,लिपुलेक र लिम्पियाधुरालाई समेत समावेश गरे पश्चात त्यसको विरोध स्वरुप नेपालीले धेरै कार्यहरु गरे तर त्यो भन्दा पनि धेरै कार्यहरु गर्न बाकि रहेको छ । नेपाली आमनागरीक त्यसमा पनि विशेषगरी विद्यार्थीहरु विरोध कार्यमा सक्रिय रहेका थिए । केहि समय सक्रिय रहे तर त्यसलाई निरन्तरता दिन भने सकेनन् । आज पनि भारतले ती नेपाली भूमिहरु फिर्ता गरेको छैन ।

सिमा विवादलाई न्यूनिकरण गर्नकोलागि भन्दै भारतले नेपाल सरकारलाई पत्र पठाईरहेको छ । नेपालले आफ्नो गुमेको भूमि प्राप्त गर्नका लागि भने पनि भारतले पठाएको पत्रलाई कदर गरेर दुई देशिय बैठक बस्नु पर्दछ । उक्त बैठकमा नेपालले ती भूमिहरु जुन भारतले कब्जा गरीरहेको छ तीनिहरुलाई आफ्नो बनाउनको लागि बलियो आधारहरु तयार गर्नु आवश्यक रहेको छ ।

नेपालको भूमि समेटेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै सीमा विवाद बल्झिएको हो । यद्यपी भारत सरकारले भने नेपालीको भूमि नसमेटी नक्सा सार्वजनिक गरिएको बताउँदै आएको छ । यसै विच सरकारले भने सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ । सरकारले अबका दिनमा निर्णयमात्र नगरी त्यसको सहि तरीका बाट कार्यान्वयन गर्न पनि आवश्यक रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्