उत्तम कुमार थापा, बझाङ जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा वुधवार निशुल्क रक्त समुह पहिचान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला अस्पतालमा बझाङमा आकास्मिक अवस्थामा चाहिने रगत व्यवस्थापन गर्न स्वास्थ्य कार्यालय बझाङले सदरमुकाम चैनपुरको खुल्लामञ्चमा निस्शुल्क रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा ७० जना को रक्त समुह पहिचान गरिएको स्वास्थ्य कार्यालय बझाङका ल्याव टेक्निसियन नारायण जोशीले बताउनु भयो । जोशीका अनुसार रक्त समुह पहिचान गरिएका व्यक्तिहरुको नाम ठेगाना फोन नम्बर पनि संकलन गरिएको छ ।
जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा रक्त समूह पहिचान भएका व्यक्तिहरुलाई सम्पर्क गरि रगत को व्यवस्थापन गरिने बताउनुभयो । बझाङमा रक्तसञ्चार केन्द्र नहुदा नेपाली सेना नेपाल प्रहरीको भर पर्नुपरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।