समाजवादी पार्टीले छाडेका दुबै मन्त्रालय प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले नै सम्हाल्ने भएका छन्।
प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इश्तियाक राईको राजीनामापछि दुबै मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएका छन्।
समाजवादीबाट सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार राजीनामा दिएपछि बुधबार राष्ट्रपति भण्डारीले दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी हुन्।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।