नेपालमा एउटै कम्युनिष्ट पार्टी हुन्छ  महरा



जनक नेपाली
दाङ, १७ कार्तिक । नेकपा माओवादीका केन्द्रका नेता एवं कृष्णबहादुर महराले नेपालमा एउटै कम्युनिष्ट पार्टी हुने वताउनु भएको छ । शुक्रबार प्रेस चौतारी र पे्रस सेन्टर दाङले घोराहीमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो वताउनुभएको हो । एमाले र माओवादी विच गत असोज १७ गते भएको चुनावी एकता मात्र नभएर चुनाव पछि पार्टी नै एक हुने उल्लेख गर्नुभयो । दाङ क्षेत्र नं. २ का उम्मेदवार समेत रहनु भएका महराले हामी माओवादी , एमाले केही हुदैनौ बरु चुनाव पछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुन्छ । केही शक्तिहरु यो देश नेपालीको कन्ट्रोलमा नहोस भन्ने चाहान्छन् तर नेपालका बामपन्थी शक्ति हरु एक हुन अलिेको मुख्य आबश्यकता हो महराले भन्नुभयो ।

एमाले र माओवादीको एकताले देश,विदेशमा ठुल ठुला कम्पनहरु गएको वताउँदै नेपाली जनताको रक्षार्थ नेपालमा एउटै कम्युनिष्ट पाटीको आबश्यकता रहेको बताउनुभयो । माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य समेत रहनु महराले बामपन्थी एकता जनताको एजेण्डा भएका कारण राष्ट्रिय स्वाधिनताको रक्षाका लागि बाम एकता नै अहिलेको मुख्य आबश्यक भएको उल्लेख गर्नुभयो । दुवै पार्टीको एकता पछि नेपाली जनताको जीवन माथी स्तरमाथी उठ्ने , छिन छिनमा हुने सरकार परिर्वतन अन्त्य हुनुका साथै र बैदेशिक हस्तक्षेप समेत बन्द हुने धारणा राख्नु भयो । एमाले र माओवादीका बिचमा २०६२ ÷०६३ अन्तर पार्टी निर्देशिका तयारी गरी हस्ताक्षर गर्नमात्र बाँकी थियो–फेरी संयुक्त पार्टी बनाउन २०६८ सालमा प्रकृया सुरु ग¥यौ त्यति बेला देखी सुरु भएको पार्टी एकता बल्ल पूरा हुदैछ भन्नुभयो । उपप्रधान मन्त्री समेत रहनु भएका महराले अबको एजेण्डा भनेको आर्थिक समृिद्ध भएको वताउँदै दाङलाई प्रदेशको राजधानी बनाउन बाम गठबन्धनले भुमिका खेल्ने वताउनुभयो ।


अबको एजेण्डा आर्थिक संमृद्धी हो

यसै बिच उपप्रधान मन्त्री कृष्णबहादुर महराले अब दाङ जिल्लाको अभियान आर्थिक संमृद्धिको एजेण्डा भएको वताउनु भयो अब यो देश आर्थिक समृद्धिमा पुरै केन्द्रित गर्नु पर्ने वेला आएको छ हामीले हाम्रो संयुक्त घोषणा पत्रको मुल आशयमा समाजबाद उन्मुख गराउनका लागि आर्थिक संमृद्धिलाई जोड दिएका छौ उहाँले भन्नुभयो ।दङ्गाली जनताको एउटा ठुलो सपना छ दाङलाई कसरी समृद्ध गराउने त्यो कुरा कसरी सम्भब छ भने दाङमा सबै भन्दा पहिले प्रदेशको राजधानी छ उहाँले भन्नुभयो । अब दाङ प्रदेशको राजधानी भैसक्यो अब औपचारीक निर्णय गर्नमात्र बाकी छ । दाङ ५ नं. प्रदेशको राजधानी हुने वित्तिकै यो पश्चिम नेपालकै केन्द्र बन्छ । यहाँ लुम्बिनी ,स्वर्गद्धारी, जलजला सुर्खेत हुदै रारा जोडिन्छ यहाँबाटै कैलाली जोडिन्छ र यो क्षेत्र पश्चिम र पूर्वको केन्द्र हुन्छ र यसलाई सिधै पाल्पा संग जोड्छौ महराले भन्नुभयो ।त् यसपछि साँच्चिकै दाङ आर्थिक केन्द्रका रुपमा विकास हुदै आर्थिक,सामाजिक साँस्कृतिक क्षेत्रको विकास हुन्छ भन्नुभयो । अबको पाँचबर्षमा दाङका नेपाली जनताको स्तर माथी उठाउँछौ भन्नुभयो ।

 


 डिमान्डेड होईन डेभलमेण्ड ओरेन्डेडको आबश्यकता छ नेता पोखरेल

यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं शंकर पोखरेलले अबको आबश्यकता डिमाण्डेड भन्दा डेभलमेण्ड ओरेन्डेडको आबश्यकता भएको वताउनु भएको छ । संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले यस्तो वताउनु भएको हो । नेपालको राजनिति नयाँ कोर्षमा पुगेको वताउँदै मुलकलाई आर्थिक,सामजिक व्यवस्थामा पु¥र्याउन बाम गठबन्धले भुमिका खेल्ने वताउनुभयो । संविधानले प्रदान गरेका अधिकार प्रयोग गर्दै आर्थिक संमृद्धिमा केन्द्रित हुने समय आएको उल्लेख गर्दै एउटै घोषण पत्र बनाएर माओवादी र एमाले चुनावमा जानु दीर्घकालीन महत्व रहेको वताउनुभयो ।चुनाव मा एमाले र माओवादीका चुनावी गतिविधी संयुक्त हुने वताउँदै चुनाव पछि दुबै पार्टी एक हुनेमा विश्वास गर्न समेत आग्रह गर्नुभयो । एमाले र माओवादीले दाङले नै राष्ट्रिय राजनितिमा नेत्रित्व गर्ने मिशन सञ्चालन गरेको वताउँदै त्यसका लागि सहयोग गर्न दङ्गाली जनतालाई सहयोगका लागि अपिल समेत गर्नुभयो । बामशक्ति श्रमजिवी वर्गलाई प्रोत्सान गर्दै समाजबाद मा पुग्ने नयाँ मिशनको सुरुवात गरेको उल्लेख गर्दै बाम गठबन्धनले राष्ट्रिय राजनितिमा स्थायित्व खोज्न चाहेको वताउनुभयो । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतमा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन प्रेस चौतारीमा सचिव बसन्त विवश आचार्यले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्