प्यूठानमा तामझाम सहित मनोनयन दर्ता



शशिधर भण्डारी,
प्यूठान, १७ कार्तिक।

मंसिर २१ गते हुने निर्वाचको लागि मनोनयन दर्ता बिहिबार उत्साहजनक गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि हुने निर्वाचनमा प्यूठानका ९ दल र एक स्वतन्त्र उमेद्वारले उमे्द्वारी दिएको मुख्य निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ ।
ने.क.पा. एमाले, ने.क.पा. माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा वीचको बाम गठबन्धन बाट दुर्गा पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी(कमलथापा) , लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका डा.गोविन्द पोख्रेल प्रतिनिधिसभाको लागि चुनावी मैदानमा भिड्ने भएका छन् । साना दलहरुले पनि उमेद्वारी दिएका छन् नयाँ शक्ति घमानसिंह गुरुङ, मालेबाट माधव सिंह के.सी, ने.क.पा. माओवादी –क्रान्तिकारी)को देशभक्त जनतान्त्रिक मोर्चाका केशर बहादुर जि.सी., एकीकृत प्रजातान्त्रिक पार्टी राष्ट्रवादी खेमराज आचार्य, ंगोल नेश्नल अर्गानाइजेसनका खेमराज राना, र स्वतन्त्र खेमराज पण्डितले प्रतिनिधिसभाको लागि उमेद्वारी दिएका हुन् ।
त्यस्तै बाम गठबन्धनबाट प्रदेश सभा (क) मा हरि प्रसाद रिजाल र (ख) मा कृष्णध्वज खड्काले उम्मेद्धारी दिएका हुन् । लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेसबाट प्रदेश सभामा (क) टेक प्रसाद भण्डारी, (ख) अमर प्रसाद भण्डारीले उम्मेद्धवारी दिएका छन् भने नेकपा मालेबाट माधव सिंह केसी, प्रदेश सभा (क) सरस्वती पाण्डे, (ख) हिरा सिंह केसी, नयाँ शक्ति नेपालबाट (क) राधा थापा र (ख) श्याम गहतराजले प्रदेश सभाको लागी उम्मेद्धारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेनले जानकारी दिए ।
बामपन्थीको जिल्ला ः पौडेल
बाम गठबन्धनकी उमेद्वार दुर्गा पौडेलले प्यूठान बामपन्थीको जिल्लाको रुपमा भिनिने बताइन् । बामपन्थिको जिल्लामा अरुको चान्स हुनै नसक्ने र अन्य शक्तिको जितबाट प्यूठानको विकास सम्भव नभएको बताइन् ।
‘बाम गठबन्धकै विजय निश्चित छ’ बाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलले भनिन् –‘आजको माहोल हेर्दा हाम्रो विजय भइसकेको छ, परिणामका लागि मात्र मसिंर २१ गते पर्खनु पर्नेछ ।’
प्यूठानीको नेता बन्ने चाहाना छः डा. पोख्रेल
लोकतान्त्रिक गठबन्धनका उमेद्वार डा. गोविन्द्र पोख्रेलले आफु प्यूठानीको नेता हुन चाहेको बताए । ‘पाटी नेता ठान्यो र उमेद्वार भए’ डा. पोख्रेलले भने ‘प्यूठानको विकास र प्यूठानीको सेवा गर्ने अवसर प्यूठानी दिनेमा विश्वस्त छु’ । राप्रपाले समर्थन गरेको लोकतान्त्रीक (नेपाली कांग्रेस) गठबन्धनका उम्मेद्धवार डा. गोविन्द पोख्रेलले लामो समय पछी आफ्नो गृह जिल्लाबाट पार्टीले आफुलाई नेता बन्ने अवसर दिएको बताउदैं प्यूठान जनताले पनि साथ दिने बताए । जन्मथलो भएर प्यूठानमा बस्न नपाएको दुखेसो गर्दै अव जिते पनि हारेपनि प्यूठानीहरुको साथमा रहने प्रविवद्धता समेत गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्