चलचित्र क्षेत्र समृद्ध हुदै ः कलाकार हरिवंश आचार्य



 

22
जेठ १६ ।
चर्चित हास्यव्यग्यं कलाकार हरिवंश आचार्यले कलाकारितामा व्यावसायिकता वढ्दै गएको वताउनु भएको छ । “हाम्रो समयमा व्यावसायिकता भन्दा पनि रहरका लागि मानिसहर कलाकारितामा लाग्थे तर अहिले कलाकारिताले व्यावसायिकताको रुप लिएको छ, कलाकार वनेरै सुन्दर तरिकाले जीवन निर्वाह गर्न सकिन्छ ” तुलसीपुरमा चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममाआचार्यले वताउनु भयो ।

 

11

नेपाली चलचित्रमा वलियो पाखुरा र चिटिक्ककोअनुहार भएको मान्छे मात्रै हिरो रहिरोइन हुन सक्छ भन्ने मान्यता पुरै वदलिएको वताउदै उनले भने “ खास गरेर कुनै जाति या संस्कृतिका विषयहरुमाआधारित चलचित्र वन्ने क्रम वढ्दै जाँदा सामान्य पात्रहरु समेत चलचित्रका नायकनायिक वन्ने अवसर पाएका छन््, दर्शकले पनि यस्ता पात्र मनपराउन थालेका छन् ” नेपाली कला क्षेत्रमा चार दशक विताएका आचार्यले मौलिक कथाले मात्रै नेपालीचलचित्रको वजारलाई फराकिलो वनाउने वताउनु भयो। चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले भने “हामीले अरुको नक्कल गर्यौ भने सो अनुसार लगानी गर्न सक्दैनौ तर आफ्नै कथा वनायौ भने हामीले आफ्नै तरिकाले निर्माण गर्न सक्छौ ।” पत्रकार वसन्त विवश आचार्यले चलचित्रको क्षेत्रमा नयाँपनले प्रवेश पाउँदा नेपाली दर्शकहरु वढ्दै गएको वताउनु भयो भने रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीले हरिवंशआचार्यले नेपाली कलाको क्षेत्रमा अतुलनिय योगदान दिएको वताउनुभयोे । कार्यक्रममा सदस्य दिपक कुमालले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सन्तोष केसीले गर्र्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्