उम्मेदवारी नदिएको हो सन्यास लिएको होइन : बिजुक्छे



सैघाली खबर,
भक्तपुर,१७ कात्तिक –। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा चुनावका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको बताउनुभएको छ ।

रफत सञ्चार क्बलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताउनुभयो ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाउनुभयो ।

गठबन्धनले गर्दा देशमा दुई पार्टीका रुपमा देखिने चर्चा गर्दै उहाँले दुई पार्टीका रुपमा राजनीतिक दल आए झनै राजनीति भद्रगोल हुने बताउनुभयो । उहाँले ‘थ्रेसहोल्ड’ले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने भन्दै थ्रेसहोल्डकोे विरोध गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्